सिर्जना फाइनान्सको हकप्रद र सिटिजन्स म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सिर्जना फाइनान्सले निष्कासन गर्न लागेको हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज ६ गते बुक क्लोज गर्ने गर्दैछ ।

यसअघि कम्पनीले भदौ २० गते बुक क्लोज गर्ने बताएपनि त्यसलाई परिवर्तन गरेर असोज ६ गते तोकेको हो। कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति पाईसकेको छ।
हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड–१ को ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने पनि आइतबार (असोज ५ गते) अन्तिम दिन हो । फन्डले नगद लाभांश वितरण गर्न असोज ६ गते बुक क्लोज गर्ने गर्दैछ ।

सिटिजन्स म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । सिटिजन्स बैंकले प्रवद्धन गरेका फण्ड सीबीआइएल क्यापिटको व्यवस्थापनमा संचालित छ ।