नेशनल लाईफको “चेयरपर्शन क्लब” सम्मेलन सम्पन्न

0
Shares

नेशनल लाईफ इन्स्योरेन्सको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह आईतवार सम्पन्न भएको छ । समारोहमा कम्पनीका मुलुक भरी रहेका ४७ हजार ४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले कम्पनीको जीवन बीमा कोष २७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी तीन अर्ब पुगेको जानकारी गराए । ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको पनि बताए ।

कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले आ.व.२०७५/०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताए ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः ४ लाख, ३ लाख र २ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः २.५० लाख, २ लाख र १ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान वितरण गरिएको थियो ।