५९ कम्पनीले घोषणा गरे लाभांश, युनिलिभरको सबैभन्दा उच्च, कसको कति ?

0
Shares

असोज ५ गते आइतबारसम्म नेप्से सूचीकृत भएका र नभएकागरी ५९ पब्लिक कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छन् । जसमध्ये नेप्सेमा सूचीकृत ५१ कम्पनी रहेका छन्।

गत आर्थिक वर्षको लाभांश घोषणा गरेका सूचीकृत ५१ वटा कम्पनीमध्ये सबैभन्दा धेरै लघुवित्तका २८ कम्पनी रहेका छन् ।

८ वाणिज्य बैंक र ७ वटा म्युचुअल फण्ड रहेका छन् । यस्तै दुई जीबन बीमा कम्पनी, एक निर्जीवन बीमा, एक विकास बैंक, एक फाइनान्स कम्पनी, एक अन्य र २ उत्पादनमूलक उपसमूहका कम्पनी रहेको छ।

हालसम्म ८ वाणिज्य बैंकल लाभांश घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। सबैभन्दा कम लाभांश कुमारी बैंकको १०.०५३ प्रतिशत छ । लाभांश घोषणा गर्नेमा सिद्धार्थ बैंक, सानिमा, सनराइज सिटिजन्स बैंक, बैंक अफ काडमाण्डू, एनआईसी एशिया, कुमारी र माछापुच्छ्रे बैंक रहेका छन् ।

हालसम्म २८ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन्। नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै कूल ८० प्रतिशत र गणपति माइक्रोफाइनान्सको सबैभन्ना कम ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै ७ वटा म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । उत्पादनमूलक क्षेत्रको युनिलिभरले हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा धेरै ७७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लुम्बिनी विकास बैंक र जानकी फाइनान्सले पनि लाभांश घोषणा गरिसकेको छ ।

नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, नेको इन्स्योरेन्स, नेशनल लाईफ, प्राइम लाईफ पनि लाभांश प्रस्ताव गरेका छन् । यी कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। कतिपय कम्पनीहरुले साधारणसभा समेत आह्वान गरिसकेका छन् ।