युवा तथा व्यवसायी स्वरोजगार कोषले हालसम्म ११ अर्ब बढी लगानी गरेको जनाएको छ । युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी बेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले स्थापित संस्थाले १३ वर्षको अवधिमा ८३ हजार बढी स्वरोजगार सृजना गरेको छ ।

कोषको १३ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले १३ वर्षमा कोषले ११ अर्ब बढी रकम लगानी गरेर ८३ हजार बढी स्वोरोजगार सृजना गरेको जानकारी दिए ।
कोषले नेपाल सरकार र अन्तर्राष्ट्रिय संघ-संस्थाबाट रकम प्राप्त गरी १८ वर्षदेखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको उनले बताए ।
कोषले नियमित स्वरोजगार कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक कार्यक्रम,भेरी कर्णाली इकोनोमिक करिडोर कार्यक्रम,काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम र तराई मधेस स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले जानकारी दिए ।
कोषका उपाध्यक्ष देवराज रोक्काले रोजगारी र स्वरोजगारीको परिभाषा बुझ्न नसकिएको अवस्था अहिले रहेको उल्लेख गर्दै जागिर भन्ने प्रवृत्ति अन्त्य गर्न कोषको प्रभावकारी भूमिका रहने बताए । साथै उनले विभिन्न ठाउँमा छरिएर रहेका अनुदानलाई एकिकृत गरी सरकारको जेठो कोष मार्फत स्वरोजगार सृजना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कोषले आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु सिमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङगता भएका व्यक्ति इन्द पिडित, पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसानलाई, परम्परागत सीप भएका युवाहरुलाई स्वरोजगार कार्यक्रम संचालन गर्न कर्जा उपलब्ध गराई आर्यआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउदै आएको छ ।
कोषले चालु आवको पौष मसान्त सम्ममा ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार लगानी भएको जनाएको छ । यसबाट ८३ हजार ४०९ जना स्वरोजगार सृजना भएको कोषले जनाएको छ । यसअवधिमा कोषले १३ हजार ७६५ जना व्यवसायीलार्य ब्याज अनुदान वितरण गरेको छ । कोषले विपन्न वर्ग कर्जा अन्तर्गत ३ अर्ब ८२ करोड २ लाख ८३ हजार रकम परिचाल गरेको छ । १५ करोड ३३ लाख बढी रकम ब्याज अनुदान भुक्तानी गरेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया