डाबर नेपालद्वारा डाबर वाटिका नेचुरलस् स्याम्फूको नयाँ रेञ्ज सार्वजनिक

0
Shares

डाबर नेपालले डाबर वाटिका नेचुरलस् स्याम्फूको नयाँ रेन्ज सार्वजनिक गरेको छ ।

नयाँ ब्राण्डको अनावरण डाबर वाटिका नेचुरलस् स्याम्फूको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा हायात प्लेस्, काठमाण्डौमा भव्य रुपमा आयोजित एक कार्यक्रमका बीच गरिएको थियो ।

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको छ । डाबर वाटिका नेचुरलस् स्याम्फू तीनवटा भेरियन्टमा उपलब्ध रहेका छन् । जसमा ब्ल्याक साइन स्याम्फू कालो र चम्किलो कपालको लागि, थिक एण्ड लङ्ग स्याम्फू बाक्लो र लामो कपालको लागि तथा एन्टि ड्रेन्डअफ स्याम्फू चाँया मुक्त कपालको लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण रहेकाले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिने कम्पनीले जनाएको छ ।

एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, “डाबर वाटिका नेचुरलस् स्याम्फूको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।”

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “डाबर वाटिका नेचुरलस् स्याम्फू आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।” गोर्खालीले अभैm थप्दै भने “ डाबर वाटिका नेचुरलस् स्याम्फूको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएका छौं ।”

डाबर वाटिका नेचुरलस् स्याम्फू १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल. का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासेमा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।