महिलाको उद्यमशीलता विकासलाई इसेवाले सघाउने

0
Shares

महिलाको उद्यमशीलता विकासलाई इसेवाले सघाउने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुधवार मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुले आय–आर्जन गरेको शीपलाई उद्यमशीलतामा परिवर्तित गरी आय आर्जन तर्फ उन्मुख गराउनु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाई छ । साथै व्यापार/व्यवसाय गर्ने सोच बनाउनु भएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरुलाई लक्षितगरी आ आफ्नै व्यवसाय स्थल, घरबाट पनि आर्थिक कारेबार गर्न सहज होस् भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष नवीन रिजालले बताए।

उक्त कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहम्फेले राज्यको समग्र क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता रहनु पर्नेमा अहिले पनि त्यति सहभागिता हुन नसक्नु हामी सबैको कमजोरी हो । आजको यस कार्यक्रमले महिलाहरु पनि पुरुष सरह राज्यका हरेक क्षेत्रमा सहकार्य तथा जिम्मेवारी वहन तथा आधुनिक प्रविधिसँग प्रविधि मैत्री हुन चाहेको स्पष्ट पारेको बताईन ।

सो कार्यक्रममा ई–सेवा, विराटनगरका प्रमुख झलक सुब्बाले ई–सेवा नेपालकै पहिलो सेवा प्रदायक संस्था हो र यसवाट जुनसुकै स्थानवाट पनि आफूले चाहेको सुविधा लिन सकिने भएको र विशेष गरी महिलाहरुलाई लक्षित गरि यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।