अपि पावरको दोस्रो आयोजना अपर नौगाड बाट विद्युत उत्पादन सुरु

0
Shares

अपि पावर कम्पनी लिमिटेडको दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ ।

८ मेगावाट क्षमताको आयोजनाले २०७६ असोज ६ गते देखी परिक्षण उत्पादन थालेको कम्पनीले जनाएको छ।

परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने तयारी गरेको छ ।

कुल एक अर्ब ६० करोडको लागतमा सम्पन्न आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ ।

आयोजनाले सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुने बताएको छ ।

अयोजनाले २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल

विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ ।

यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।