नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0
Shares

नेको इन्स्योरेन्स कम्पनी (NIL) को प्रस्तावित १५ प्रतिशत बोनस सेयर लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

नेकोले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलबार सेयर देखि सेयर दाखिल खारेजी गर्दैछ । यसअनुसार सोमबारसम्म सेयर खरीद गरी कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरनधीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहितका अन्य प्रस्ताव पारित गर्न कम्पनीले चैत ९ गते वार्षिक साधारण सभा डाकेको छ ।

सभा केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा दिनको ११ बजे आह्वान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।