४ दिने अन्तराष्ट्रिय फुडटिच मेला सुरु


भक्तपुरको सल्लाघारी चौरमा ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।

फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सरहानीय रहेको बताएका थिए । मेलाले अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको श्रेष्ठले दाबी गरे । मेलाले नेपाल लगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तराष्ट्रिय व्यापारको बजारिकरण हुने उनको भनाई थियो ।