एनएलजी इन्स्योरेन्सको १२ करोड रुपैयाँ बराबरको बोनस अनुमोदन, दुई सञ्चालक निर्विरोध

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को बिहीबार सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट कम्पनीका सेयरधनीलाई १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

अम्रपाली ब्याक्वेंट बालुवाटारमा सम्पन्न सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुगेको छ ।

सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन गर्ने, उक्त संसोधनका लागि सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

साथै सभाले आव २०७७र ७८ को वार्षिक प्रतिवेदन छलफल गर्नुका साथै आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते आइतबार एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले बोनस पाउने आधारमा चैत २ गते बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाएका छन् ।

साथै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा सालिनी राणा शाह र डा. भरत कुमार थापालाई निर्विरोध निर्वाचित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।