समता माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस र कर सहित १६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा संस्थाले ६.६६ प्रतिशत बोनस शेयर र ७.३६ प्रतिशत नगद गरि कूल १४.०२ प्रतिशत लाभांश वितरण गरेको थियो।