एनएमबि बैंकले वैशाख २१ देखि साढे ३ अर्बको उर्जा ऋणपत्र बिक्री गर्ने

0
Shares

एनएमबि बैंकले वैशाख २१ गतेदेखि साढे तीन अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो।

बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। । निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ तथा ढिलोमा जेठ ४ गते हुनेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्। ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।