सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (SIC) को बिहीबार काराेबार समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

नेप्सको अनुसार कम्पनीको बुकक्लोज मितिसँगै सेयरमूल्य समायोजन भएको हो । साधारण भसा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

नेप्सेका अनुसार इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर समयोजनपछि प्रतिकित्ता १०७९ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

बिहीबार कारोबार भएको अन्तिम मूल्य १२९५ रूपैयाँलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो । आज कम्पनीको सेयर १२९५ रूपैयाँमा अन्तिम पटक कारोबार भएर बन्द भएको थियो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २८ गते आह्वान गरेको २५ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १६ गते शुक्रबारदेखि वैशाख २८ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको हो । यसअनुसार बैशाख १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई दर्ता किताबमा कायम सेयरधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले वैशाख २८ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ । कम्पनीको २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ का लागि सञ्चालक समितिबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद गरी कुल २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

सभाले सगरमाथा इन्स्योरेन्स र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यसैगरी चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।