आगामी बजेटले बीमा क्षेत्रका धेरै नीतिगत व्यवस्था गर्ने आशा छ: अध्यक्ष सिलवाल

0
Shares

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले आगामी आर्थिक वर्षको बजेटले बीमा क्षेत्रको विकासका लागि धेरै भन्दा धेरै नीतिगत व्यवस्था हुने आशा व्यक्त गरेका छन । उनले तयार भईसकेको राष्ट्रिय बीमा नीतिको मस्यौदा पारित भई कार्यान्वयनमा आए बीमा क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताएका हुन ।

बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सिलवाले नेपालको बीमा व्यवसायले भारत र बंगलादेशको अनुभवबाट आगामी दिनमा तय गर्नुपर्ने बाटो निर्धारण गर्न सहयोग पुग्ने बताए ।

बीमा क्षेत्रलाई थप परिष्कृत गर्न यस्ता अन्तरक्रियात तथा छलफलले सहयोग पु¥याउने उनको भनाई छ । “बीमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउन सकिने भन्दै आगामी बजेटमा बीमा क्षेत्रको विकासको लागि धेरै भन्दा धेरै नितिहरु आउने आशा छ,” उनले भने ।

सो कार्याक्रममा बीमा व्यवसायीहरु, बैंकरहरु, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका करिब एक सय १२० पेसाकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा कोरोना महामारीको असरपछि बीमा व्यवसायीक वातावरणको साथै बिमा क्षेत्रमा देखिएका नयाँआयामहरु जस्तै उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाहरु, प्रविधिमा आधारीत बीमा सेवा, साइबर सुरक्षा, जलवायु परिवर्तन, तिव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता लगायतका विषयमा नेपाल, भारत र बंगलादेश बाट उपस्थित सहभागीहरुको बिचमा छलफल भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।