स्थानीय तह निर्वाचनमा एनसेलको रिचार्जमा बोनस डाटा अफर


एनसेल आजियाटाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै रिचार्जमा बोनस डाटा अफर सुरु गरेको छ ।

अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबीसम्म डाटा पाउने एनसेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको जनाएको एनसेलले एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउने जनाएको छ ।

एप मार्फत ५० देखि ९९ रुपैंयासम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डाटा पाउने छन् भने १०० रुपैंयादेखि १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डाटा उपलब्ध गराउने एनसेलले जनाएको छ । त्यसैगरी २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डाटा पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।