मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ, पैसा बाँडेको आरोप


मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो । सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अन्सारीलाई निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा प्रहरीले समातेको हो ।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेको बताइएको छ । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई आयोगको अध्यक्ष नियुक्त गरेका थिए । उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पु¥याउन नसक्दा स्वतः उनको नियुक्ति सदर भएको थियो ।