भरतपुर महानगरको मतगणना अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनी केन्द्रमा हुने


चितवनको भरतपुर महानगरपालिकाको मत गणना अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

मतगणनाका लागि तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केन्द्रको सि ब्लकमा मतगणना गर्ने तयारी अघि बढाइएको छ । सो ब्लकमा आठवटा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको छ । सात वटा समुहमा मत गणना गर्न सकिने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा ६५ मतदान स्थल २ सय २ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा रहेका सात पालिकाको मतगणना पालिका स्थित मतदान अधिकृतको कार्यालयमा गर्ने व्यवस्था मिलाईएको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।