ग्राहक सेवामा सुधार गर्दै भिभो मोबाइल


विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न लागि परेको छ । भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” मनाउँदै आइरहेको छ । यस अन्तर्गत ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन् । कम्पनीले यस प्रभावकारी पहलमार्फत सहज रूपमा सबैभन्दा ठूलो समाधान प्रदान गर्दै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

ग्राहकहरूले निःशुल्क स्मार्टफोन सर्भिसिङ र क्लिनिङ, शून्य श्रम लागतमा मर्मत, हार्डवेयरमा समस्या आएमा ३० दिनको एक्सचेन्ज अफरहरू, निःशुल्क प्रोटेक्टिभ फिल्म, फ्री ओएस अपडेट लगायत निःशुल्क सेवाहरू लिन सक्नेछन् ।

यसबाहेक, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा/नीति पनि दाबी गर्न सक्छन् । भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टकको सशूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।

ग्राहकहरू हरेक व्यवसायको सबैभन्दा ठूलो पूजी हुन् र भिभोले ग्राहकको सन्तुष्टिलाई निरन्तर रूपमा सुनिश्चित गर्ने प्रयासमा आफ्ना पहलहरूलाई स्तरोन्नति गर्दै आइरहेको छ । ग्राहक सन्तुष्टिले वफादार ग्राहकहरूलाई कायम राख्न मात्र नभई सकारात्मक रुपमा ब्राण्डको वकालत गर्दै बलियो ग्राहक सेवा पोर्टफोलियोहरू मार्फत नयाँ ग्राहकहरूलाई आकर्षित गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने ब्रान्डको विश्वास रहेको छ । तसर्थ, भिभोले हाम्रा स्थानीय ग्राहकहरूको आवश्यकता र चाहना बुझेर हाम्रा बिक्रीपछिका सेवाहरूलाई स्तरोन्नति गर्ने र उपयुक्त बनाउन निरन्तर लागि परेको छ ।

भिभो नेपालका सीईओ माइकलले भने, “भिभोले ग्राहक केन्द्रित र जिम्मेवार ब्रान्डका रूपमा आफ्ना प्रिय प्रयोगकर्ताहरूलाई झन्झटमुक्त खरिद अनुभव प्रदान गर्दै ग्राहक सुरक्षा र सुविधा सुनिश्चित गर्न निरन्तर रूपमा काम गर्दै आइरहेको छ । उपभोक्ताहरूले विगतमा हाम्रा पहलहरूलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । हामी नेपालमा भिभो स्मार्टफोन प्रयोगकर्ताहरुका लागि विशिष्ट अनुभव सिर्जना गर्न सक्षम भएकोमा खुसी छौं ।”

ब्रान्डले खरिद अघि र पछि प्रयोगकर्ताहरुलाई सान्दर्भिक जानकारी प्रदान गर्दै आफ्नो बिक्री पछि सेवाहरू मार्फत स्थानीय उपभोक्ताहरूलाई नवीनतम उत्पादन र सुविधाहरूको बारेमा जानकारी दिने प्रयास गर्दछ । भिभोले काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरु मार्फत राष्ट्रिय स्तरका ग्राहकहरु माझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।