१२ बजेसम्म ३५ प्रतिशत मत खस्यो, छिटपुट बाहेक देशभर शान्तीपुर्ण रुपमा मतदान


देशभरमा दिउँसो १२ बजेसम्ममा कुल मतदाताको ३५ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार केही जिल्लाका केही स्थानहरुमा मतदान अवरुद्ध भएको छ । छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रुपमा भइरहेको जनाएको आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थलमा मतदान अवरुद्ध भएको जनाएको छ । ती स्थानमा मतदान सुचारुको प्रयास जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७९, शुक्रबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।