युनाइटेड इन्स्योरेन्सको खुद नाफा ९४% बढ्यो, ४७ करोड दाबी भुक्तानी गर्न बाँकी

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (UIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ९४ प्रतिशतले बढाएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १० करोड २३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ९३।९८ प्रतिशतले वृद्धि भएको हो ।

चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लख६० हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.७६ गुणा छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.१४ रुपैयाँ, र प्रतिसेयर नेटवर्थ १२.७७ रुपैयाँ बढेको छ । नाफा बढेसँगै कम्पनीको पीई रेसियो ९४ गुणाले घटेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोष ५८.२७ प्रतिशत बढेर १७ करोड ७० लाख ५७ हजार रुपैयाँ, बीमा कोष २०.३३ प्रतिशत बढेर ४० करोड १५ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ती कोष २६ प्रतिशत घटेर ५ करोड ११ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीले खुद बीमाशुल्क ५७.५६ प्रतिशतले वृद्धि गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ५९ करोड ६४ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यहि अवधिमा कम्पनीले ३७ करोड ८५ हजार १६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ७९ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिको तुलनामा लगानी कर्जा तथा अन्य आय ८ प्रतिशत र पुनर्बीमा कमिशन आय ४९ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी रकम ६२ प्रतिशतले बढेको छ । यसअवधिमा कम्पनीले २४ करोड ७ लाख ३ हजार रुपैयाा खुद दाबी भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १४ करोड ८६ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले एक लाख २७ हजार १९६ वटाबीमालेख जारी गरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १९ हजार ८८ वटाले धेरै हो । कम्पनीकोकुल बीमाशुल्क संकलन पनि ४२.८४ प्रतिशत बढेर १ अर्ब २५ करोड ५१ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

अब कम्पनीले ३ हजार ३७० वटा दाबी मार्फत परेको ४७ करोड ९५ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आवको यसै अवधिमा कम्पनीले ३ हजार २९१ वटा दाबी मार्फत परेको ४० करोड ३३ लाख ७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।