नेपाल राष्ट्र बैंकले आगामी वर्षमा पनि बैंक/वित्तीय संस्थाको नाफा प्रभावित हुने निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले कोरोना महामारीका लागि चालिएका नीतिगत सहजीकरण फिर्ता भएपछि खराब कर्जा बढ्न जाने र वित्तीय क्षेत्रको नाफा प्रभावीत हुने जनाएको हो ।
राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको स्टे«स टेष्ट समेत गरेर जोखिम बहन क्षमतालाई समेत मापन गरेको छ । नेपाल राष्ट्र बैंकले मापन गरेको जोखिम अनुसार ब्याजदर, विदेशी विनिमय र इक्विटी इन्भेष्टमेन्टमा लगानी न्यून भएकाले त्यो जोखिम बहन गर्ने क्षमता बैंक वित्तीय संस्थाको रहेको औल्याएको छ । त्यसैगरी नियामकीय सीमाको सन्दर्भमा पनि हालसम्म बैंक वित्तीय संस्थाहरु सबल नै रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । तर, केन्द्रिय बैंकका अनुसार ठुला तथा बारम्बार आउने धक्कालाई भने नेपाली बैंक वित्तीय संस्थाले धेरै सहन नसक्ने समेत केन्द्रीय बैंकले औल्याएको छ ।
राष्ट्र बैंकका अनुसार कोरोनाको अवधिमा पनि बैंकको खराब कर्जा घटेको, नाफा मै व्यवसाय सञ्चालन गर्न सफल रहेको देखिएको छ । अघिल्लो वर्षमा बैंकहरुको खराब कर्जा कुल कर्जाको १.८९ प्रतिशत रहेकोमा गत वर्ष १.४८ अनुपातमा सीमित भएको छ । तर, तरलता जोखिममा नेपाली बैंकहरु केही कमजोर देखिएका छन् । राष्ट्र बैंकका अनुसार ग्राहकहरूले लगातार पाँच दिन दैनिक २ देखि १० प्रतिशतसम्म निक्षेप निकाले भने २७ वाणिज्य बैंकमध्ये १९ वटालाई तरलताको संकट पर्न सक्ने देखिएको छ । एकै दिन निक्षेपको ५ प्रतिशतसम्म झिकिएको अवस्थामा समेत ५ वटा वाणिज्य बैंकले २० प्रतिशतको तरलता अनुपात कायम गर्न नसक्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्ला महिनाहरुमा निजी क्षेत्र तर्फको कर्जा विस्तार करिब २७ प्रतिशत रहेको छ । कर्जा बढ्नुको मुख्य कारण भनेको मनि सप्लाई विस्तार हुनु र सम्पत्तिको मूल्यमा आएको वृद्धिले हो । इन्धनको माग संगै अन्तरािष्ट्रय बजारमा पनि मूल्य वृद्धि भएपनि मुद्रास्फीतिमा दवाव पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । उच्च आयातका कारण बाह्य क्षेत्रमा दवाव परेको जनाउँदै नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व प्रतिवेदनमा उल्लेख गरेको छ,“त्यसमा पर्यटन क्षेत्रमा परेको कोरोनाको असर र रेमिट्यान्स आप्रबाहमा आएको कमी मूख्य देखिन्छ ।”
चालु खाता घाटा बढ्ने क्रममा कमी आउन नसकेपछि समग्र भुक्तानी सन्तुलनमा दबाब परेको छ । त्यसका साथै विदेशी विनिमय सञ्चितिमा पनि दबाब छ । यसले समग्र अर्थतन्त्रमा नै असर पर्ने जोखिम देखिन्छ । यसले गर्दा पनि वित्तीय क्षेत्रमा तरलता अभावको समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति ६० खर्ब ६८ अर्ब रूपैयाँ पुगेको हो । यो तथ्यांक गत आर्थिक वर्षको हो । गत आवमा देशको कुल ग्राहस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब थियो ।
अघिल्लो वर्षमा बैंकहरुले ५८ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा गरेका थिए । गत आवमा यो नाफा बढेर ७१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । कोरोना महामारीको समयमा पनि बैंक वित्तीय संस्थाको नाफामा खासै गिरावट आएन । त्यसैले गर्दा पनि रिटर्न अन एसेट तथा रिटर्न अन इक्विटी पनि बढेको केन्द्रीय बैंकले जनाएको छ ।
कोरोना महामारीका बाबजुद पनि वित्तीय क्षेत्र सबल नै रह्यो । पूँजी प्रयाप्तता अनुपात पनि नियामकीय मापदण्ड भन्दा माथि नै रह्यो । यो अवधिमा पनि बैंकहरुको पूँजी प्रयाप्तता अनुपात १४ प्रतिशत भन्दा माथि रहेको छ । बैंकहरुको सम्पत्तिको गुणस्तर राम्रो भएकाले पनि कोरोना महामारीको अवधिमा पनि खराब कर्जाको अंश घटेको राष्ट्र बैंकको तर्क छ । त्यसका साथै केन्द्रीय बैंकले कोरोना महामारीको अवधिमा अबलम्बन गरिएका नीतिगत व्यवस्थाले गर्दा पनि खराब कर्जा घटेको हुन सक्छ । तर, नेपाल राष्ट्र बैंकले लिएका नीतिगत सहजीकरण रोकेपछि भने खराब कर्जाको अंक बढ्न सक्ने देखिन्छ ।
बाणिज्य बैंकहरुले भने नियामकीय लिभरेज रेसियो र प्रयाप्त तरल सम्पत्ति कायम गरेका छन् । पछिल्लो महिनामा बैंक वित्तीय संस्थाको कर्जा वृद्धि भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातमा गरेको कडाइका कारण कर्जा प्रबाहमा नियन्त्रण आएको राष्ट्र बैंकको दावी छ । यो अवधिमा बैंक वित्तीय संस्थाबाट गएको कर्जाको अधिक हिस्सा २० प्रतिशतको हाराहारीमा होलसेल तथा रिटेल क्षेत्र प्रबाह भएको छ । त्यसपछि भने कृषि, बन तथा बेभरेज उत्पादनमा रहेको केन्द्रीय बंैकले जनाएको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको रियल सेक्टको लगानी नियामकिय सीमा भन्दा भित्र नै रहेको छ । बैंक वित्तीय संस्थाले लगानी गरेको कर्जाको दुइ तिहाई घरजग्गा धितो राखेर दिएका छन । त्यसले गर्द पनि सम्पत्तिको मूल्यमा उतारचढाव आएको राष्ट्र बैंकले औल्याएको छ । बाह्य वित्तीय क्षेत्रमा परेको दवावका कारण आगामी दिनमा ब्याजदर समेत बढाउनु पर्ने केन्द्रीय बैंकले औल्याएको छ ।
बैंक वित्तीय संस्था सुचकका आधारमा सबल देखिएता पनि केही हदसम्मको जोखिम भने कायम वासलातामा देखिन्छ । हालको वासलाताले वित्तीय क्षेत्रमा ठुलो खालको धक्का आएको खण्डमा वा धक्काहरु दोहोरिए भने जोखिम थेग्न नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । उच्च कर्जा जोखिमले भने बैंकको पूँजी नियामकिय सीमा भन्दा तल जाने देखिन्छ । बाह्य क्षेत्रबाट हुने ठुला खालका धक्काहरुको सन्दर्भमा बााहक गर्ने जोखिमको सन्दर्भमा भने नकार्न नसकिने केन्द्रीय बैंकले जनाएको छ ।
गैर बैकिङ क्षेत्रको सन्दर्भमा बीमा तथा सहकारी क्षेत्र निकै नै विस्तार भएको छ । विस्तार भैरहको सहकारी क्षेत्रको जोखिमका कारण समग्र वित्तीय क्षेत्रमा असर पार्न सक्ने देखिन्छ । सहकारी क्षेत्रको जोखिम प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावकारी नियमको दायारा भित्र रहेको वित्तीय प्रणालीसंग पनि सम्बन्ध रहेको छ ।
पछिल्लो समयमा बढ्दो विद्युतीय कारोबारको सन्दर्भमा भने साइबर जोखिम बढाएको समेत राष्ट्र बैंकले औल्याएको छ । कोरोना महामारीका अवधिमा अबलम्बन गरिएका नीतिगत सहजताका व्यवस्थालाई अझै केही समयसम्म कायम गरेर फिर्ता गर्दा वित्तीय स्थायीत्वमा जोखिम आउन सक्ने देखिन्छ । विषेशगरी बचत तथा ऋण सहकारीबमे नियमन तथा निरिक्षणलाई सबल बनाउन जरुरी रहेको छ । सहकारीलाई प्रभाविकारी नियमन नगरे समग्र वित्तीय स्थायीत्वमा नै असर गर्ने जोखिम रहेको राष्ट्र बैंकको निष्कर्ष रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया