थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क


थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताललको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाइ गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए ।

शिबिर गर्नुअघि थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुदैँ पुन जावलाखेल आएर सकिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।