ब्राउन सुगर सहित २४ वर्षीया युवती पक्राउ

0
Shares

प्रहरीले अवैध लागूपदार्थ ब्राउन सुगरसहित एक युवतीलाई शुक्रबार पक्राउ गरेको छ । त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।