नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाण्डौंको ट्राफिक जाम न्यनीकरणका लागि विद्यालय र सरकारी कार्यालयको समय अलग बनाउनु पर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता सिंहले सडक जामको अवस्था उत्कर्षमा पुगेकाले विकल्पहरु खोजिनुपर्ने बताएका हुन् ।
यसका साथै बढ्दो महंगी नियन्त्रण नभए सर्वसाधारणको दैनिकी कष्टकर बन्ने बताएका उनले फोहोर व्यवस्थापन तत्काल गर्नुपर्नेमा जोड दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया