बजेट संशोधनको माग गर्दै विराटनगरका उद्योगीद्धारा विरोध प्रदर्शन (भिडियो)


बजेटको विरोधमा विराटनगरमा उद्योगीले प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट स्वदेशी उद्योगको हितमा नभएको भन्दै बिराटनगरका उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले ४ वटा ट्रेड युनियनसँग मिलेर विराटनगरमा सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सिएनआई) को प्रदेश नम्बर १ सहित ४ वटा ट्रेड युनियनले सांकेतिक बिरोध प्रदर्शनका साथै कोण सभा गरेका हुन् ।

बजेटले केही उद्योगलाई मात्र समर्थन गरेको र आयातलाई प्रवद्र्धन गरी विभेदकारी व्यवस्था गरेको भन्दै सांकेतिक रुपमा शान्तिपूर्ण विरोध गरेको सिएनआई-१ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले बताए ।

विभेदकारी बजेटको विरोध जनाउँदै उद्योगी व्यवसायीहरुले विराटनगरको निमुवा चोकदेखि बाँसबारीस्थित गोकुवा चोकसम्म बिरोध स्वरुप र्याली निकालेका थिए । उद्योगी, व्यवसायी, मजदुर लगायत ठुलो संख्यामा निकालिएको बिरोध र्याली गोकुवा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

बिहान १०:३० मा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई भेटेर विरोधका कार्यक्रमका बारेमा जानकारी गराए पछि उद्योग, व्यवसायी तथा श्रमिकहरुले ११ बजेबाट र्याली निकालेका थिए । गोकुवा चोक पुगेपछि कोण सभामा परिणत भएको सभामा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले सरकारको विभेदकारी बजेटले आगामी दिनमा उद्योग बन्द गर्नुपर्ने बाध्यता सिर्जना गरेको र मजदूरहरुको रोजगारी गुम्न गई, विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले विभेदकारी नीति तत्काल संशोधन गर्न माग समेत गरे ।

उद्योग व्यवसायका सम्बन्धमा आगामी आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्थाले सिमित उद्योगलाई समर्थन गर्दा सयौं उद्योगहरु बन्द हुने भन्दै उनीहरुले कर्मचारी तथा मजदुरहरुलाई वैकल्पिक रोजगारीका लागि आग्रह समेत गरे ।

एक महिनामै सेनिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित ३ किसिमका उद्योग बन्द हुने उनले जानकारी दिए । यस्ता २०० बढी उद्योग बन्द हुँदा ६ हजार जनाको रोजगारी गुम्ने भन्दै उनले कर्मचारी तथा श्रमिकलाई वैकल्पिक रोजगारीका लागि आग्रह गरेका हुन् ।

अर्थमन्त्री जर्नादन शर्माले गरेको बजेट भाषणमा सेनेटरी प्याडको भन्सार महसुल ९० प्रतिशतले घटाएका छन् । भन्सार महशुल घटाउने र अन्तशुल्क बढाउँदा कच्चा पदार्थ निर्यात गनुपर्ने उद्योग जस्तै सेनेटरी प्याड उद्योग, स्टिल तथा वायर उद्योग, वनस्पति घिउ तेल उद्योग प्रभावित भएको व्यवसायीहरुको गुनासो छ ।

शान्तीपूर्ण रुपमा सुरु गरिएको बिरोध कार्यक्रमबाट समस्याको हल नभएका कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

          बजेट संसोधनको माग गर्दै बिराटनगरका उद्योगीले सडक आन्दोलन गर्ने, “सिमित उद्योगी पोस्न खोजियो”                        

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।