स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत कोइराला अस्पतालमा 


पुँजी बजार सुधारको माग गर्दै आमरण अनशनमा बसेका तिलक कोइरालालाई अस्पताल लगिएको छ । ९ दिनदेखि आमरण अनशनमा बसेका पुँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइरालालाई पाटन अस्पताल लगिएको हो । 

अस्पतालका अनुसार कोइरालाको शरीरमा अक्सिजनको मात्रा न्यून देखिएको छ । कोइरालाको मुटुको धड्कन कम भएपछि पाटन अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोइरालाको रक्तचाप उच्च रहनुका साथै सुगरको मात्रा कम देखिएको छ ।

आकस्मिक कक्षमा उपचारपछि उनको मुटुको धड्कन सामान्य अवस्थामा फर्किएको जनाइएको छ । अन्य केही परीक्षणपछि  कोइराला पुनः अनशनस्थलमा फर्किने संघर्ष समितिका प्रेस संयोजक एसपी चौलागाईँ जानकारी दिए ।

समिति गठन भएर हस्ताक्षर भएपछि मात्र अनशन तोडिने लगानीकर्ताको शर्त

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।