नयाँ वेबसाइटमा सूचना प्रवाह गर्ने आईडी लिन सूचीकृत कम्पनीलाई नेप्सेको १० दिने म्याद


नेपाल स्टक एक्स्चेञ्जले सबै किसिमका सूचनाहरु नयाँ वेबसाइटमा अपलोड गर्ने प्रणाली लिनका लागि सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । पुरानो वेबसाइट मर्मत गर्नका लागि यस्तो आग्रह गरेको हो ।

नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिन १० दिनको म्याद दिइएको नेप्सेले जनाएको छ ।

नयाँ साइटमा सूचीकृत कम्पनीहरुको सूचना विवरणहरु अपलोड गर्नुपर्ने भएकोले नेप्सेले ‘नट्स’ को लग इन आइडि लिनको लागि कम्पनीको इन्टरनेटको पब्लिक आइपि एड्रेस र आधिकारी इमेल उल्लेख गरी पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० दिनभित्र सम्पर्क गर्न नेप्सेले भनेको छ ।