शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण


शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ ।

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा कम्पनीसँगको समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी दाबी अनुसार रकम हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस्ले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ साउन २०७९, आइतबार  १६ : ४२ बजे