गणपति लघुवित्तको खुद नाफामा भारी गिरावट आउँदा प्रतिसेयर आम्दानी १२ रुपैयाँ


गणपति लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ८६ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ४ करोड ११ लाख ३८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ५४.७४ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा १२ करोड ७३ लाख ५६ हजार रुपैंयाको चुक्ता पुँजी बढाएर १५ करोड १५ लाख ५४ हजार रुपैंया पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी फराकिलो अन्तरले घटेको हो । नाफा घट्दा भएको पुँजी वृद्धिका कारण लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैंया ३० पैसाबाट घटेर १२ रुपैंया २८ पैसा कायम भएको हो ।

व्याज खर्च बढ्नु, कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढ्नु, सम्भावित जोखिम वापतको रकममा भएको बढोत्तरी लगायत कारणले लघुवित्तको खुद नाफामा फराकिलौ अन्तरको गिरावट आएको हो ।

जगेडा कोषमा ४ करोड ७८ लाख ३३ हजार रुपैंया सञ्चित रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३१ रुपैंया ५६ पैसा छ भने मूल्य आम्दानी अनुपात ७७.५७ गूणाले बढी छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात २.३५ प्रतिशतबाट घटेर १.६४ प्रतिशत कायम भएको वित्तीय विबरणमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।