नेपाल पे क्यूआर सनराइज स्मार्टमा एकीकृत

0
Shares


सनराइज बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिं प्रधानले सँयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन।

सनराइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल पे क्यूआर र्मचेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्नेछन् ।

साथै, सनराइज बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरुले नेपाल पे क्यूआर स्ट्याण्र्ड प्राप्त गर्न पनि सक्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले २० हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।