सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो


मंगलबार सेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट आएको छ ।

बजार खुलेको पहिलो २७ मिनेटसम्म केही सुधारिएको भए पनि पटक पटक सूचकमा उतारचढाव आएको थियो । योसँगै क्रमिक रुपमा ओरालो लागेको बजार २.८१ अंकले घटेको हो । योसँगै बजार परिसुचक नेप्से २१९३.४३ अंकमा ओर्लिएको छ ।

मंगलबार २१७ कम्पनीका ७८ लाख १३ हजार १०२ कित्ता सेयर ५० हजार ३६५ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैंयाको कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम झण्डै १ अर्ब ३६ करोड रुपैंयाले घटेको हो । सोमबार बजारमा ४ अर्ब ६७ करोड रुपैंयाको सेयर कारोबार भएको थियो ।

बजार ओरालो लाग्दै गर्दा केही जलविद्युत कम्पनीहरुको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । बिन्ध्यवासिनी हाइड्रो, सामलिङ पावर, हिमाल दोलखा हाइड्रो, रिभर फल्सको सेयर मूल्य साढे ७ देखि १० प्रतिशतसम्म बढेको हो ।

राष्ट्र उत्थान लघुवित्त, किसान लघुवित्त, गणपति लघुवित्त। सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको बजारमा कारोबार रकमका आधारमा शिवम् सुमेन्ट् शीर्ष स्थानमा छ ।

व्यापारm जलविद्युत, वित्त, उत्पादन, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरु बढेको बजारमा वाणिज्य बैंक, होटल, विकास बैंक, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमुह ओरालो लागेको छ ।

बजार घटेसँगै समग्र बजार पुँजीकरण ३१ खर्ब ३२ अर्ब १६ करोड ५० लाख रुपैंयामा ओर्लिएको छ । सोमबार यस्तो आकार ३१ खर्ब ३६ अर्ब ११ करोड ७ लाख रुपैंया थियो ।

सोमबारको सेयर बजार : बजारमा समान्य सुधार हुँदा कारोबार योग्य सेयरको पुँजीकरण घट्यो

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।