सयपत्री हाइड्रोपावरको आईपिओमा अन्तिम दिनमा साढे ३ लाखले गरे आवेदन १५ लाखले नपाउने


सयपत्री हाइड्रोपावरको साधारण सेयरमा १५ लाख ५७ हजार ७०२ वटा आवेदन परेको छ । मंगलबार निष्काशन बन्द भएको कम्पनीको सेयरमा मंगलबार मात्र ३ लाख ४४ हजारभन्दा बढीले आवेदन गरेका हुन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १२ लाख १३ हजार ५५१ वटा आवेदन परेकोमा मंगलबार उक्त संख्या १५ लाख ५७ हजार ७०२ वटा आवेदन परेको हो ।

आवेदकबाट १ करोड ७६ लाख ७७ हजार ६१० कित्ता सेयर माग भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरेर ७ लाख २१ हजार ६० कित्ता मध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र २ प्रतिशत कर्मचारीको लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

निष्काशित सेयर संख्याका आधारमा सयपत्रीको सेयर १० कित्ताका दरले ६७ हजार ५८ जनाले पाउनेछन् भने १४ लाख ९० हजार ६०० भन्दा बढीको हात खाली हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।