बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता


बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्ने छन् ।

समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउन यस्तो सम्झौता गगरिएको बैंकले जनाएको छ ।

बैंकका कार्डबाहक सेवाग्राहीले कार्ड लिंक गरे पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग गर्न मिल्ने विज्ञप्तिाम उल्लेख छ । साथै, बैंकका कार्डबाहक महानुभावहरुले मोको मार्फत स्क्यान गरी १ हजार ५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका कार्डबाहक महानुभावहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यो सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।