नेपाल इन्स्योरेन्सले कमायो ३३ करोड खुद नाफा, इपिएस २३.८६ रुपैयाँ पुग्यो

0
Shares

नेपाल इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्ष २०७८।७९ को चौथौ त्रैमाससम्ममा ७.३४ प्रतिशतले बढेर ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ६४ लाख थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ११.२० प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले १ अर्ब ५७ करोड ९९ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै खुद बीमाशुल्क आर्जन १.४२ प्रतिशतले बढेर ६९ करोड ८१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीले पुर्नबीमा कमिसन आयबाट २२ करोड ९ लाख ९६ हजार तथा लगानी, कर्जा तथा अन्य शीर्षकमा ८ करोड ८० लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीको जगेडामा ३९ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । यस्तै बीमा कोष २७.८६ प्रतिशत वृद्धि हुँदै ७३ करोड ३ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २३.८६ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १८१.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात (पिई रेसियो) १६.५८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूलय ३४१.११ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ । अघिल्लो आवमा २७ करोड ९९ लाख खुद दाबी भुक्तानी गरेको कम्पनीको खुद दाबी भुक्तानी गत आवमा ९.५४ प्रतिशतले घटेर २५ करोड ३२ लाख कायम भएको छ ।

असार मसान्तसम्म कम्पनीले ५ हजार २०० दाबी वापत ४८ करोड ४३ लाख १ हजार भुक्तानी गरेको छ । अघिल्लो आवमा ४ हजार ५९४ वटा दाबी वापत ५० करोड २० लाख ९६ हजार भुक्तानी गरेको थियो ।

यस्तै गत आवमा कम्पनीले ४ हजार २६१ वटा दाबी वापत परेको ९५ करोड ५३ लाख ७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवमा कम्पनीले ४ हजार ७५१ वटा संख्यामा परेको १ अर्ब १३ करोड ३७ लाख ७७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।