माछापुच्छ्रे बैंक फेकनबीच कन्सल्टेन्सीलाई कर्जा उपलब्ध गराउने सम्झौता


माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनल नेपालकाबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न पनि सक्नेछन् ।

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा रहेका १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।