प्रभु क्यापिटलका ग्राहकलाई टी३ थकाली ग्रुपमा १२ प्रतिशत छुट

0
Shares

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ।

यही भदौ ८ मा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपबीच व्यावसायिक सम्झौता भएको हो। अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउनेछन्।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेकआउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ।

सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

नेपाली पुँजीबजारमा भिडिओ केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ। हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।