आइएमईको दसैँ अफर: ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

0
Shares

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे ।

भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पुरा गरेको बताए ।

अफर सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।