पुनर्बीमा कम्पनीको बोनस पाउन शुक्रबारसम्म सेयरधनी बन्नुपर्ने

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर आज शुक्रबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

लाभांश पारित गर्न भदौ ३० गते आह्वान गरेको साधारण सभाका लागि कम्पनीले भदौ १९ गते आइतबार बुकक्लोज गर्दैछ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र बोनस पाउने व्यवस्था छ । बोनस पाउन बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म सेयरधनी कायम भैसक्नुपर्नेछ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत ९५८ करोड २५ लाख० बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै सभामा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा–१ ९ग० अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा छ ।

यस्तै सभाका अन्य एजेण्डाहरुमा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षकमा टि।आर। उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाण्डौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।