सेयर बजारमा चरम निराशा, नेप्से निरन्तर घट्दा कारोबार एक अर्ब पनि पुगेन

0
Shares

वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य रकम अभाव, ब्याजदर वृद्धि र सेयर बजारप्रति अबलम्बन भएको सरकारी नीतिले धितोपत्र बजार निरन्तर घट्दा सेयर लगानीकर्तामा बजारप्रति चरण निराशा पैदा उत्पन्न हुन थालेको छ ।

नेप्सेमा आएको निरन्तरको गिरावटका कारण लगानीकर्ता यो वर्ष लाभांश सिजनमा नै सेयर बजारमा लगानी बढाउन तयार देखिएका छैनन् भने विगतका वर्षहरुमा जस्तो रौनकता पनि हराएको छ । गत वर्ष भदौमा दैनिक २१ ऋर्बको सेयर कारोबार हुने यहि बजार यो वर्ष दैनिक कारोबार रकम घटेर एक अर्बभन्दा तल झरेको छ ।

सोमबार कारोबार रकम एक अर्बभन्दा तल झर्दै ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा झरेको छ । आइतबारको बजारमा पनि १ अर्ब ७ करोड १६ लाखको मात्र कारोबार भएको थियो । सोमबार २२४ कम्पनीका २४ लाख ४४ हजार ३४४ कित्ता सेयर २१ हजार ४७१ वटा संख्यामा खरिद बिक्री भएका छन् । आइतबार २२७ कम्पनीका २८ लाख ७६ हजार २८८ कित्ता सेयर २५ हजार ३७ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार हुने कम्पनी र कारोबार संख्यामा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार कित्ता ४ लाख ३१ हजार ९४४र कारोबार संख्या पनि ३ हजार ५६६ ले घटेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेर ३८२.९५ बिन्दुमा झरेको छ ।

आज मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेर ४९३.३० रुपैयाँ पुगेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स ३.९३ प्रतिशत र रिडी पावरको सेयरमूल्य ३२३ प्रतिशतभन्दा बढी बढेको छ । अपर सोलु, ग्रीन भेञ्चर, र साहस उर्जाका लगानीकर्ता पनि कमाउने सूचीमा देखिएका छन् । यी कम्पनीका लगानीकर्ताले सोमबारको बजारबाट २ प्रतिशत बढीले नाफा कमाएका छन् ।

आज कारोबारमा आएका मध्ये रुरु जलविद्युत परियोजनाको सेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशत घटेर ९२० रुपैयाँमा झरेको छ । यस्तै आशा लघुवित्त ३.६६, हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक ३.५३ प्रतिशत, र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३.०४ प्रतिशतले गुमाएका छन् ।

रिडी पावरको सबैभन्दा धेरै ९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको १ लाख ६४ हजार ६१० कित्ता सेयर कारोबार भएको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख, नबिल बैंक ४ करोड ५६ लाख, नेष्डो समृद्ध लघुवित्त २ करोड ६५ लाख र नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त र उत्पादन बाहेक सबै ११ वटै घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।