भारतमा सञ्चालित स्टक मार्केट र ब्रोकरबारे अध्ययन भ्रमणमा नेपालका ब्रोकर

0
Shares

स्टक ब्रोकर एशोसिएसन नेपालले भारतमा सञ्चालित स्टक मार्केट र ब्रोकरबारे अध्ययनका लागि ५० वटै ब्रोकरका प्रतिनिधिलाई भारत भ्रमणमा लगेको छ ।

पाँच दिने अध्ययन भ्रमणका क्रममा एशोसिएसनले भारतमा संचालित स्टक एक्सचेञ्जहरुका साथै ब्रोकरहरुबाट स्टक मार्केटको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइएको छ ।

अध्ययन भ्रमणकै क्रममा ब्रोकहरुले बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा जोखिम व्यवस्थापन तथा बजारका विकल्प र भविष्यका बारेमा तालिम लिएका छन।

भ्रमणको पहिलो दिनमा (बीएसई) का अधिकारीहरुबाट भारतको स्टक बजार र प्रडक्टहरुका बिषयमा जानकारी लिनुका साथै कारोबार प्रणालीलाई कसरी व्यवस्थित गर्ने विषयमा तालिम समेत लिएको स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका महासचिव गुणनिधी भुषालले जानकारी दिए ।

उनका अनुसार अध्ययन भ्रमणका क्रममा बजार म्यानुपुलेसन, कारोबार प्रणाली, सेयर मूल्यमा हुने उतारचढाव लगायतका बिषयमा ब्रोकरका प्रतिनिधिहरुले भारतीय अधिकारीहरुबाट प्रशिक्षण लिनेछन। 

साथै उनले देशव्यापी रुपमा ब्रोकरको व्यापार कसरी विस्तार गर्ने र कारोबार प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा समेत अध्ययन गरिने जानकारी दिए।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।