गणपति माइक्रोफाइनान्सको नाफमा सुधार, जगेडा कोषमा उल्लेखीय बढोत्तरी

0
Shares

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको नाफा गत आर्थिक बर्षको यस अवधिको तुलनामा १०.६२ प्रतिशतले बढी हो ।

गत वर्षका यहि अवधिमा संसथाले ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गणपतिको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार आएपछि नाफा बढेको हो ।

हाल गणपतिको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । गत बर्षको प्रस्तावित बोनस वितरणपछि पूँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । जसको रिजर्भ कोषमा २ करोड २१ लाख ५७ हजार रुपैयाँ जम्मा भएको छ ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ४१ पैसा रहेको छ ।