महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

0
Shares

महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा कक्षा नौँमा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. वराज बहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले हिरा जोशीलाई हस्तान्तरण गरे ।

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।