सूर्या लाइफले बीमितलाई अधिकतम ९० रुपैयाँसम्म बोनस बाँड्ने

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) ले आफनो बीमा कम्पनीमा बीमा गरेका बीमितलाई आर्थिक वर्ष २०७७/७८ बाट अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनस बाँड्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ९० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदर २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा लागू हुनेछ । बीमालेखको आधारमा कम्पनीले फरक–फरक बोनसदर निर्धारण गरेको छ ।

१. सावधिक जीवन बीमालेख

सूर्या लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना अन्तर्गत प्रतिहजार न्यूनतम ४० देखि ७० रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । जुन यसप्रकार रहेको छ ।

  • ९ वर्ष अवधिसम्मः ४० रुपैयाँ
  • १० देखि १४ वर्षसम्मः ४१ रुपैयाँ
  • १५ देखि १९ वर्षसम्मः ४५ रुपैयाँ
  • २० देखि २४ वर्षसम्मः ५४ रुपैयाँ
  • २५ देखि २९ वर्षसम्मः ६० रुपैयाँ
  • ३० भन्दा माथिः ७० रुपैयाँ

२. सावधिक तथा आजीवन बीमालेख

कम्पनीको सावधिक तथा आजीवन बीमालेख योजनामा बीमा गराएका बीमितले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दिनेछ । जुन यसप्रकार रहेको छ ।

  • ९ वर्ष अवधिसम्मः ४० रुपैयाँ
  • १० देखि १४ वर्षसम्मः ४१ रुपैयाँ
  • १५ देखि १९ वर्षसम्मः ४६ रुपैयाँ
  • २० देखि २४ वर्षसम्मः ५६ रुपैयाँ
  • २५ देखि २९ वर्षसम्मः ६० रुपैयाँ
  • ३० वर्षभन्दा माथिः ७० रुपैयाँ

३. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

सूर्या लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजना अन्तर्गत बीमितहरुलाई प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जुन यसप्रकार रहेको छ ।

  • १० देखि १४ वर्ष अवधिसम्मः ४२ रुपैयाँ
  • १५ देखि १९ वर्षसम्मः ४२ रुपैयाँ
  • २० देखि २४ वर्षसम्मः ५२ रुपैयाँ
  • २५ देखि २९ वर्षसम्मः ६० रुपैयाँ

३० वर्ष वा सोभन्दा माथिको बीमलेख बिक्री नभएकाले बोनसदर सार्वजनिक गरिएको छैन ।

४. चौरासी पुजा अग्रिम नियमित भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्सले चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा बीमितलाई प्रतिहजार ४५ देखि ६५ रुपैयाँसम्म बोनस वितरण गर्ने भएको छ । जुन यसप्रकार रहेको छ ।

  • १० देखि १४ वर्ष अवधिसम्मः ४५ रुपैयाँ
  • १५ देखि १९ वर्षसम्मः ५० रुपैयाँ
  • २० देखि २४ वर्षसम्मः ५५ रुपैयाँ
  • २५ देखि २९ वर्षसम्मः ६५ रुपैयाँ

कम्पनीले यस योजनाको ९ वर्षसम्म अवधिको एउटा पनि बीमालेख बिक्री नगरेकले सो अवधिको बोनसदर पनि सार्वजनिक गरिएको छैन ।

४. चौरासी पुजा अग्रिम एकल भुक्तानी

सूर्या लाइफले चौरासी पुजा अग्रिम एकल भुक्तानी बीमालेख अन्तर्गत बीमितहरुलाई सर्वाधिक प्रतिहजार न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस वितरण गर्ने भएको छ । जुन यसप्रकार रहेको छ ।

  • १० देखि १४ वर्ष अवधिसम्मः ७५ रुपैयाँ
  • १५ देखि १९ वर्षसम्मः ८० रुपैयाँ
  • २० देखि २४ वर्षसम्मः ८५ रुपैयाँ
  • २५ देखि २९ वर्षसम्मः ९० रुपैयाँ

कम्पनीले यस योजनाको ९ वर्षसम्म र ३० वर्ष वा सोभन्दा माथि अवधिको एउटा पनि बीमालेख बिक्री नगरेकले सो अवधिको बोनसदर पनि सार्वजनिक गरिएको छैन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।