माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई नेट टिभी तथा इन्टरनेट प्याकेज मासिक किस्तामा

0
Shares

माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामा नेट टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ ।

जसका लागि माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्डलिंकबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता पत्रमा एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्डलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकको तर्फबाट नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज मासिक किस्तामा लिन सक्ने बैंकले जनाएको छ।

दसैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्डलिंकले सञ्चालन गरेको अफरमा ग्राहकले करिब ५६% सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ। बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन्।

बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। हाललाई यो सुविधा वल्र्डलिंक र एनआइटिभीको नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।