प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक भएको छ ।  आव २०७७/७८ को वित्तीय विवरणको आधारमा निर्धारण गरिएको नयाँ बोनसदर नियामक निकाय बीमा समितिबाट भदौ ३० गते स्वीकृत गरेर सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रति वर्ष प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तो छ बोनसदरः

१. सावधिक जीवन बीमालेख

कम्पनीमा सावधिक जीवन बीमालेख खरिद गरेका बीमितले यस योजना अन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति वर्ष प्रतिहजारका दरले बोनस वितरण गर्ने निर्धारण गरिएको छ ।

  • नौं वर्ष अवधिसम्मः ३५ रुपैयाँ
  • दश देखि १४ वर्षसम्मः ४० रुपैयाँ
  • पन्ध्र देखि १९ वर्षसम्मः ४५ रुपैयाँ
  • बीसदेखि २४ वर्षसम्मः ५० रुपैयाँ
  • पन्ध्र वर्षदेखि माथिः ७० रुपैयाँ

२. सावधिक जीवन तथा आजिवन बीमालेख

कम्पनीमा सावधिक जीवन तथा आजिवन बीमालेख खरिद गरेका बीमितले यस योजना अन्तर्गत न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रति वर्ष प्रतिहजारका दरले बोनस वितरण गर्ने निर्धारण गरिएको छ ।

  • नौ वर्ष अवधिसम्मः ३६ रुपैयाँ
  • दश देखि १४ वर्षसम्मः ४५ रुपैयाँ
  • पन्ध्र देखि १९ वर्षसम्मः ५० रुपैयाँ
  • बीसदेखि २४ वर्षसम्मः ५७ रुपैयाँ
  • २५ वर्षदेखि माथिः ७५ रुपैयाँ

३. अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख

प्राइम लाइफमा अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख अन्तर्गतका बीमालेखरुमा कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म प्रति वर्ष प्रतिहजारका दरले बोनस वितरण गर्ने निर्धारण गरिएको छ

  • दश देखि १४ वर्षसम्म अवधिका लागिः ५० रुपैयाँ
  • पन्ध्र देखि १९ वर्षसम्मः ५८ रुपैयाँ
  • बीस देखि २४ वर्षसम्मः ६५ रुपैयाँ
  • २५ वर्षदेखि माथिः ८० रुपैयाँ

४. प्राइम जीवन उपहार अग्रिम भुक्तानी बीमालेख

प्राइम जीवन उपहार अग्रिम भुक्तानी अन्तर्गतका योजनामा बीमा पोलिसी (१६ वर्ष) खरिद गरेका बीमितहरुले ४२ रुपैयाँ बोनस पाउनेछन् ।

५. प्राइम जीवन उपहार सावधिक बीमालेख

कम्पनीमा प्राइम जीवन उपहार (सावधिक) बीमा पोलिसी (१५ वर्ष) खरिद गरेका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।