चार जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव

0
Shares

नेप्सेमा सूचीकत जीवन बीमा कम्पनीहरुमध्ये चार जीवन बीमा कम्पनीहरुले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

हालसम्म नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ र गुराँस लाइफले लाभांश प्रस्ताव गरेका हुन् । गुराँस लाइफले आर्थिक वर्ष २०७६/७७ बाट लाभांश प्रतिाव गरेको हो भने बाँकी तीन कम्पनीहरुले अघिल्लो २०७७।७८ बाट लाभा.श प्रस्ताव गरेको हो ।

जीवन बीमकहरुको एक्चुअरी भ्यालुयसनमा ढिलाई हुँदा लाभांश घोषणामा एक वर्ष ढिलाई हुँदै आइरहेको छ ।

हालसम्म घोषणा भएको लाभांशमा नेपाल लाइफले १५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै नेशन लाइफले १५ प्रतिशत बोनस सहित १५.७९ प्रतिशत लाभांश, एशियन लाइफले १४.५० प्रतिशत बोनस सहित १५.२६ प्रतिशत लाभांश र गुराँस लाइफले ७.४४ प्रतिशत बोनस सहित कुल ७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एशियन लाइफ बाहेक बाँकी सबै कम्पनीको सेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउनेछन् । एशियन लाइफले असोज ४ गते मंगलबार बुकक्लोज गरेकाले असोज २ गते आइतबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । एशियन लाइफले लाभांश पारित गर्न असोज १३ गते सभा समेत आह्वान गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।