आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ५ गतेदेखि संस्थापक तर्फको ५१ हजार ९९० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता ३९५ रुपैयाँ मूल्य तोकेर उक्त सेयर असोज १३ गतेसम्म बिक्री खुला गर्न लागेको हो ।
यो सेयर खरीदका लागि ईच्छुक योग्य व्यक्तिले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्ताका लागिदेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १४ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भैसकेको छ । सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया