आर्यतारा सेक्युरिटिजलाई तानसेन र भैरहवामा शाखा खोल्न अनुमति

0
Shares

आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजले थप दुई शाखा सञ्चालनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकर नंं. ५७ लाई पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा विस्तार गरी कारोबार सञ्चालन गर्न स्वीकृत प्रदान गरेको हो ।

यसअघि आर्यताराले बुटवल र दाङको घोराही स्थित न्यूरोडमा शाखा सञ्चालनमा ल्याइसकेको छ । थप दुई शाखा सञ्चालनमा आएपछि आर्यताराको केन्द्रीय कार्यालयसहित कुल शाखा संख्या पाँच पुग्नेछ ।

स्टक ब्रोकर ५७ ले सर्वसाधारणलाई दोस्रो बजारमा सहभागि गराउने लक्ष्य सहित शाखा बिस्तारलाई जोड दिँदै आएको छ । शाखा विस्तार भएसँगै बजारमा लगानीकर्ताको संख्या समेत बढ्ने विश्वास आर्यताराले लिएको छ ।

आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणनिधी भुसालले राजधानी बाहिरका शाखाबाट पनि लगानीकर्ताले उत्कृष्ट सेवा पाउने व्यवस्था गरिने दाबी गरे ।

साथै उनले आर्यताराले शाखा विस्तार गरेका स्थानहरुमा लगानीकर्ता सचेतना सम्बन्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।

देशव्यापी रुपमा स्टक ब्रोकरको सेवा विस्तार हुन नसकिरहेको अवस्थामा ग्रामीण भेगका सर्वसाधारणलाई समेत दोस्रो बजारमा सहभागि गराउँदै बजार विस्तार गर्ने लक्ष्य आर्यताराले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।