आइएमई लाइफको साधारण सभा आजः आईपीओ निष्काशन प्रस्ताव पारित हुँदै

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले आज असोज २६ गते बुधबार लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सर्वसाधारणलाई छुट्याइएको साधारण सेयर जारी गरेर चुक्ता पुँजी वृद्धि प्रस्ताव सहित सभा बोलाएको छ ।

यस्तै सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश गर्नेछ ।

साथै कम्पनीले सभा मार्फत नियामक निकायबाट कुनै निर्देशन भएमा फेरबदल गर्ने अख्तियारी सञ्चालकलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको प्रबन्धक तथा नियामवालीमा संसोधन गर्ने, बीमा ऐन अन्तर्गत लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।