
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका छन् ।
नबिल ब्यालेन्स्ड फण्ड-२ ले कर सहित ७ प्रतिशत र नबिल इक्विटी फण्डले कर सहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
असोज २५ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
जस अनुसार नबिल ब्यालेन्स्ड फण्ड-२ ले ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ भने नबिल इक्विटी फण्ड ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।
प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले कात्तिक १८ गते बुकक्लोज गर्ने भएका छन् । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
अघिल्लो आव २०७७/७८ बाट नबिल इक्विटी फन्डले ४० प्रतिशत तथा नबिल ब्यालेन्स्ड फण्ड–२ ले ३५ प्रतिशत लाभांश वितरण गरेका थिए । अघिल्लो आवको तुलनामा नबिल इक्विटी फन्डले ३५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–२ ले २८ प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया